श्रीलङ्का क्वाटरफाइनबाट बाहिरियो

sangakara goodbyसिड्नी, ४ चैत । विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गतका आज भएको पहिलो क्वाटरफाइनलमा दक्षिण अफ्रिकाले श्रीलङ्कालाई ९ विकेटले पराजित गर्दै सेमीफाइनलमा पुगेको छ ।

अष्ट्रेलियाको सिड्नीमा सिड्नीमा भएको खेलमा श्रीलङ्काले दिएको १ सय ३४ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले १८ ओभरमा १ विकेटको क्षतिमा पूरा ग-यो ।

दक्षिण अफ्रिकाका लागि ओपनर क्विन्टक डि ककले ५७ बल खेल्दै १२ चौकाको मद्दतले ७८ रन जोडे । अर्का ओपनर हासिम अमला भने लासिथ मालिङ्गाको बलमा आउट हुनुअघि २३ बलमा १ चौका प्रहार गर्दै १६ रन जोडे ।

अमला आउट भएपछि आएका फाप डुप्लिसिसले ३१ बलमा २१ रन जोडे ।

यसअघि टस जितेर पहिले व्याटिङ गरेको श्रीलङ्काले दक्षिण अफ्रिका सामु १ सय ३४ रनको सामान्य लक्ष्य पेस गरेको थियो ।
श्रीलंकाले ४ रन जोड्दा ओपनरद्वय कुशल परेरा र तिलकरत्ने दिलसानलाई गुमाएको थियो ।

त्यसपछि व्याटिङ गर्न आएका लाहिरु थिरमाने र कुमार साङ्गकारले श्रीलङ्काको इनिङ उकास्दै ३ विकेटको क्षतिमा ६९ रनको स्थितिमा प-याए ।

cricketइमरान ताहिरको बलमा आउट हुनुअघि थिरमानेले ४८ खेलको सामना गर्दै ५ चौकाको मद्दतले ४१ रन जोडे ।

श्रीलङ्काको इनिङलाई समाल्ने क्रममा कुमार साङ्गकाराले ९६ बल खेल्दै ३ चौकाको मद्दतमा ४५ रन जोडे ।

श्रीलङ्काका लागि कप्तान एन्जोलो म्याथ्युजले १९ रन जोडे ।

श्रीलङ्काको इनिङलाई धरासायी बनाउने क्रममा साउथ अफ्रिकाका बलर इमरान ताहिरले सर्बाधिक चार विकेट लिए । जे.पी. डुमिनीले लगातार ३ विकेट लिदै ह्याट्रिकसमेत गरे ।

जारी विश्वकपमा ह्याट्रिक गर्ने उनी पहिलो बलरसमेत बने । त्यस्तै मोर्नी मोर्कल, डेल स्टेन तथा केयल एबोटले समान १–१ विकेट चट्काए ।

प्रतिक्रिया