विश्वकप छनौट चरणबाटै बाहिरियो नेपाल

Nepal-&-Indianकाठमाडौं, ३ चैत । विश्वकप फुटबल २०१९ को प्रारम्भीक छनौट चरणबाट नेपाल बाहिरिएको छ ।

खचाखच भरिएको दशरथ रङ्गशालामा आज भएको होमगेममा भारतसँग गोलरहित बराबरी खेलसँगै नेपाल बाहिरिएको हो ।

यसअघि भारतको गुवाहिटीमा भएको खेलमा नेपाल २–० गोलअन्तरले पराजित भएको थियो ।

समग्रमा नेपाल २–० ले पराजित हुँदै छनौट चरणबाट बाहिरिएको छ । करिब १० हजार दर्शकहरूकाबीच भएको खेलमा नेपाल निकै आक्रमक रुपमा खेले पनि नेपालले गोल गर्न सकेन ।

भारतभने १ जित र १ बराबरी खेल्दै अर्को राउन्डमा प्रवेश गरेकोछ ।

पहिलो हाफको ११, १५ र ४० मिनेटमा नेपालले निकै राम्रो मौका पाएपनि गोल गर्न सकेन ।

दोश्रो हाफ सुरु भएको १ मिनेटमा नै नेपालका लागि भरत खवासले ‘डि’ एरियाबाट गरेको प्रहार भारतका गोलरक्षक सुव्रितु पलले उत्कृष्ट बचाउ गरे ।

त्यसपछि नेपालले कयौं अवसर सिर्जना गरेपनि गोल गर्न नसक्दा लामो समयसम्म नेपालको अन्तर्राष्ट्रियस्तरमा गोलको खडेरी रोक्ने मेटाउन सकेन ।

प्रतिक्रिया