काठमाडौं, २ चैत । काठमाडौं महानगरपालिका र कर्मचारीबीचको सहमतिपछि केहीदेखि अवरुद्ध काठमाडौं उपत्यकाको फोहोर संकलन कार्य सोमबार बिहानदेखि सुचारु भएको छ ।
उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले तत्काल समस्याको समाधान गर्न मन्त्रालयका अधिकारी र महानगरपालिका तथा उपमहानगरपालिकाका पदाधिकारीलाई आइतबार निर्देशन दिएका थिए । शुक्रबार फोहोर बोकेर नुवाकोटको सिसडोलतिर जाँदै गरेको निजी व्यवसायीको गाडीको ठक्करबाट एक बालकको निधन भएपछि स्थानीयवासीले गाडी जलाई अवरोध गरेका थिए । महानगरका कर्मचारीका सुरक्षाको प्रत्याभूतिको मागलाई सम्बोधन गर्न नेतृत्व तयार भएको तथा फोहर ओसार्न थप केही ठूला उपकरण ल्याउन सकारात्मक देखिएपछि कर्मचारी संगठन फोहर उठाउन राजी भएका हुन् । काठमाडौंमा दैनिक ५५० र ललितपुरमा २५० टन फोहर जम्मा हुने गरेको छ ।
प्रतिक्रिया