रत्ननगर, २ चैत । दारेचोक–७ चुम्लिङटारमा सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ । २ घाइते भएका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका भारत कानपुर बस्ने ३० वर्षीय विनित बर्माको उपचारका क्रममा चितवन मेडिकल कलेजमा आज बिहान ४ः३० बजे मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते सोही ठाउँको ३१ वर्षीय अमित बर्मा र अर्का विनित दुबेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
बिहान करिब २ बजे काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको नम्बर नखुलेको भारतीय कार सडकबाट ४०–५० मिटर तल त्रिशूली नदी किनारमा खस्दा घटना भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
प्रतिक्रिया