३४ वर्षीया झरनाको राहुलसँग विहे (तस्बिरसहित)

काठमाडौं । मोडल तथा अभिनेत्री झरना बज्राचार्यले विदेशी ब्वाईफ्रेण्डसँग विहे गरेकी छिन् ।

उनले गत बिहीबार (मार्च १२) राहुल अग्रवालसँग आफ्नो परम्पराअनुसार विहे गरेकी हुन् ।

झरनाले सीतापाईलास्थित आफ्नै निवासमा विहे गरेको लक्सलिम्वु डटकमले जनाइएको छ ।

फिल्म शूटिङ्का क्रममा साढेतीन वर्षअघि मलेसियामा भएको भेटमा झाँगिएको प्रेमलाई झरनाले विहेमा परिणत गरेकी हुन् ।

भारतीय मुलका मलेशियन नागरिक राहुल र उनको परिवारले क्वालालम्पुरमा रेष्टुरेन्टको व्यवसाय गर्दै आएको छ ।

झरना र राहुलको विहेमा नजिकमा परिवार र साथीहरूको मात्रै सहभागिता थियो ।

झरना र राहुलले विहेको पार्टी भने सोल्टी होटेलमा दिएका थिए ।

मार्च १३ अर्थात गत शुक्रबार झरना ३४ वर्षमा टेक्नुअघि विहे गरेकी हुन् ।

हनिमुन मनाउन हिँडेको झरना र राहुलको जोडी पोखराको होटेल बाराहीमा बसेको थियो ।

त्यसपछि यो जोडी जोमसोमतर्फ लागेको छ ।

Jharana-Bajracharya-Wedding-2015-lexlimbu-10

Jharana-Bajracharya-Wedding-2015-lexlimbu-2

Jharana-Bajracharya-Wedding-2015-lexlimbu-3 Jharana-Bajracharya-Wedding-2015-lexlimbu-11 Jharana-Bajracharya-Wedding-2015-lexlimbu-9 Jharana-Bajracharya-Wedding-2015-lexlimbu-8 Jharana-Bajracharya-Wedding-2015-lexlimbu-7    Jharana-Bajracharya-Wedding-2015-lexlimbu-4

प्रतिक्रिया