निगमका महाप्रबन्धक खरेलले राजीनामा दिए

Madan Kharelकाठमाडौं, १ चैत । नेपाल वायु सेवा निगमका महाप्रबन्धक मदन खरेलले पदबाट राजीनामा दिएका छन् ।

खरेलले आज बिहान कार्यालय समयमा नागरिक उड्डयन मन्त्रालयमा पुगेर राजीनामा दर्ता गराएका हुन् । उनले स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएको स्रोतको भनाइ छ ।

एयरबस ल्याउन ठूलो भूमिका खेलेका खरेललाई निगममा काम गर्न कर्मचारीहरू र सञ्चालक समितिले नै असहयोग गरेको स्रोतले जनाएको छ ।

चौतर्फी असहयोग भएपछि काम गर्न नसकेर खरेलले राजीनामा दिएको जनाइएको छ ।

प्रतिक्रिया