पार्टी सभापतिमा लड्न तयार छु – शशांक

Shashank Koirala

पाँचथर, १ चैत । कांग्रेस नेता डा. शशांक कोइरालाले कार्यकर्ताले साथ दिने भए पार्टी सभापतिका लागि लड्न तयार हुने बता्रएका छन् ।

यासोकमा हुने दुईदिने प्रशिक्षण कार्यक्रममा सहभागी हुन आएका कोइरालाले पार्टी कार्यालय फिदिममा पत्रकार तथा कार्यकर्ता भेटघाट कार्यक्रममा यस्तो बताउनुभएका हुन् । पार्टी सभापति एवं प्रधानमन्त्री सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाको ६० र ४० को कार्यकर्ता रहेको अवस्थामा नयाँ व्यक्ति सभापतिमा आउनुपर्ने उनको भनाइ थियो ।

कांग्रेसले भदौं अन्तिम साताका लागि महाधिवेशनको मिति तोकेको छ ।

प्रतिक्रिया