जाजरकोटमा चट्याङ लागेर दिदीको मृत्यु, भाई घाइते

Chattyangजाजरकोट, १ चैत । जाजरकोटको नायकवाडा गाविस–२ जिरीमा चट्याङ पर्दा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

चट्याङ लागेर नायकवाडा–२ जिरीकी १४ वर्षीया बालिका सीमाकुमारी रावतको शनिबार घटनास्थलमै मृत्यु भएको हो । उनका १२ वर्षीय भाई नवीन रावत गम्भीर घाइते भएका छन् ।

उनीहरू स्थानीय भगवती निम्न माध्यमिक विद्यालयमा क्रमशः ६ र ४ कक्षामा पढ्ने विद्यार्थी भएको शिक्षक खड्क रावतले जानकारी दिए । घाँस काटेर घर फर्कदै गर्दा उनीहरूलाई बाटोमा चट्याङ लागेको थियो ।

प्रतिक्रिया