नेप्से दश अङ्कले घट्यो

Nepseकाठमाडौं, ३० फागुन । गत साता उकालो लागेको नेप्से परिसूचक यो साता दश अङ्कले घटेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १०.३३ अङ्कले घटेर अन्तिम दिन ९७८.४४ अङ्कमा पुगेको छ ।

यस साता एक्सचेन्जमा १७४ कम्पनीका सात हजार ५७७ कारोबारबाट एक अर्ब पाँच करोड ६८ लाख ६९ हजारबराबरका २८ लाख ११ हजार ७० कित्ता सेयरहरू खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताकोभन्दा १४.५६ प्रतिशत बढी हो ।

गत साता १७२ कम्पनीका सात सात हजार २१ कारोबारबाट ९२ करोड २५ लाख ८० हजारबराबरका २६ लाख ७६ हजार ७० कित्ता सेयरहरू खरिद बिक्री भएका थिए ।

त्यसैगरी समूहगत परिसूचक हेर्दा यो साता वाणिज्य बैंक समूहको परिसूचकमा ९.०९ अङ्कले ओरालो लागेको छ ।

विकास बैंक, वित्त कम्पनी, होटल र जलविद्युत् समूहको परिसूचकमा पनि नकारात्मक रहेको छ ।

यो साता सबैभन्दा बढी बिमा समूहको परिसूचकमा सबैभन्दा बढी १३०.६३ अङ्कले तल झरेको छ ।

व्यापार समूहमा कुनै परिवर्तन भएको छैन भने उत्पादनमूलक समूहको परिसूचकमा भने ५.१३ प्रतिशतले बढेको नेप्सेले जनाएको छ ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १.७८ अङ्कले घटेर २०८.०८ अङ्कमा आइपुगेको छ ।

यस साता कारोबार रकमका आधारमा नेसनल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ ।

त्यसैगरी कारोबार भएको सेयर सङ्ख्याका आधारमा नेसनल हाइड्रोपावर कम्पनी र कारोबार सङ्ख्याका आधारमा प्रभु बैंक अग्रस्थानमा रहेको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो ।

यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन ।

यो साता सोल्टी होटलको एक करोड २० लाख ४३ हजार ७०६, प्यासिफिक डेभलपमेण्ट बैंकको एक लाख ४६ हजार ४००, नेपाल एक्सप्रेस फाइनान्सको छ लाख ७० हजार १३०, कुमारी बैंकको ६० लाख ३२ हजार ६१२, मिथिला लघुवित्त विकास बैंकको ४७ हजार १५० र स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालका २० लाख ६४ हजार ८९२ कित्ता बोनस सेयर सूचीकृत भएको एक्सचेन्जले उल्लेख गरेको छ ।

 

प्रतिक्रिया