झापामा घरको छतमा लगेर बालिका बलत्कार

Balatkarझापा, ३० फागुन । झापामा चालीस वर्षीय सूयमान तामाङले १३ वर्षीया बालिकालाई बलत्कार गरेका छन् । बलत्का अभियोगमा प्रहरीले उनलाई पक्राउ पनि गरेको छ ।

बिर्तामोड नगरपालिकास्थित नयाँ बसपार्कमा शुक्रबार साँझ १३ वर्षीया बालिका बलात्कारको सिकार भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

सो ठाउँमा घर निर्माणको काम गर्दै आएका ४० वर्षीय तामाङले बालिकालाई बलात्कार गरेको प्रहरीले बताएको छ ।

बालिकालाई चिया ल्याउन भन्दै तामाङले घरको छतमाथि लगेर बलात्कार गरेको पीडित बालिकालाई उद्धृत गर्दै इप्रकाका प्रहरी निरीक्षक नारायणप्रसाद गौतमले जानकारी दिए ।

बालिका करणीमा संलग्न तामाङलाई प्रहरीले गएराति नै नियन्त्रणमा लिएको छ भने बालिकाको मेची अञ्चल अस्पताल भद्रपुरमा स्वास्थ्य परीक्षण गरिएको प्रहरी निरीक्षक गौतमले बताए ।

प्रतिक्रिया