परराष्ट्रमन्त्री पाण्डे मंगलबार चीन जाने

Mahendra Bdr Pandeyaकाठमाडौं, ३० फागुन । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे आगामी मङ्लबार चीनको औपचारिक भ्रमणमा जाने भएका छन् ।

चिनियाँ विदेशमन्त्री याङ यीको निमन्त्रणामा मन्त्री पाण्डे बेइजिङ भ्रमणमा जान लागेको मुख्यसचिव लीलामणि पौड्यालले बताए ।

परराष्ट्रमन्त्रीको चीन भ्रमणलाई मन्त्रिपरिषद्को बैठकले समेत अनुमोदन गरेको छ ।

शनिबारदेखि जापानमा हुने तेस्रो संयुक्त राष्ट्रसङ्घीय विपद् जोखिम न्यूनीकरण सम्मेलनमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जापान पुगेका मन्त्री पाण्डे त्यहाँबाट चीन प्रस्थान गर्ने छन् ।

प्रतिक्रिया