गणेश मैनालीलाई बचाउन अभियानद्वारा सहयोगको अपील

ganesh mainali1काठमाडौं, २९ फागुन । २०६२९६३ को जनआन्दोलनका एकजना योद्धा अधिवक्ता गणेश मैनालीलाई बचाउन एउटा अभियान सुरु गरिएको छ ।

मैनाली प्रत्येक एकलाखमा एक जनालाई हुने गम्भीर तथा घातक ‘एएलएस’ पनि भनिने ‘मोटर न्युरोन डिजिज’ बाट ग्रस्त छन् ।

जनआन्दोलनमा सकृय रहँदा घाइते पनि भएका मैनाली अहिले राम्रोसंग हिडन पनि सक्दैनन्।


मैनालीको उपचारकालागि आर्थिक सहयोग जुटाउन हालै काठमाडौंमा ‘अधिवक्ता गणेश मैनाली उपचार सहयोग अभियान समिति’ गठन गरिएको छ ।

जसमा वरिष्ठ अधिवक्ता विश्वकान्त मैनाली, पूर्व महान्यायाधिवक्ता डा युवराज संग्रौला, लोकसेवा आयोगकी पूर्व सदस्य श्रीमती उर्मिला श्रेष्ठ, नेपाल बार एसोसियसनका उपाध्यक्ष टीकाराम भट्टराई, मानवअधिकारवादी सुबोध प्याकुरेल, पत्रकार तीर्थ कोइराला, शिव गाउँलेलगायत छन् ।

बेलायतबाट गैरआवासीय नेपाली संघ आइसिसिल सदस्य सुषमा राई तथा रमेश बास्तोला समितिमा रहेका छन् ।

मैनालीको उपचारकालागि सहयोग गर्न चाहेकाहरुले उनकी श्रीमती सन्जु तण्डुकार मैनाली तथा लोकसेवा आयोगकी पूर्व सदस्य श्रीमती उर्मिला श्रेष्ठको संयुक्त नाममा नेपाल इन्भेष्टमेन्ट बैंक लगनखेल शाखामा खोलिएको बैंक खाता नं ०४००५०२०२५९५५२ स्वीफ्ट कोड NIBL NP KT मा सहयोग रकम पठाउन सक्ने जनाइएको छ ।

मैनालीको शरीरको एक भाग त नचल्ने अवस्था छँदैथियो, हालसालैदेखि उनको शरीरका सम्पूर्ण भागमा यसको असर देखिन थालेको छ ।

निदाउन र शरीरको मांशपेशीलाई नियन्त्रणमा राख्न पनि उनले दैनिक कडा डोजको औषधि खानुपर्छ र नियमित फिजियोथेरापी गराउनुपर्छ ।

मैनाली आफ्नी श्रीमती र सानो छोरासहित काठमाडौंमा बसोबास गर्दै आएका छन् ।

 

प्रतिक्रिया