स्वाइनफ्लु बढ्न थालेपछि चितवनमा हेल्पडेस्क

swinfluचितवन, २९ फागुन । चितवनमा स्वाइनफ्लुका बिरामी बढेपछि हेल्पडेस्क स्थापना भएको छ ।

भरतपुर अस्पतालमा हेल्पडेस्क स्थापना गरिएको हो । चितवनमा २७ जनामा स्वाइनफ्लु पुष्टि भएपछि सर्वसाधारणको सहजताका लागि हेल्पडेस्क स्थापना गरिएको अस्पतालले जनाएको छ ।

स्वाइनफ्लुका विरामीको उपचारका लागि डा राजु बस्नेतको नेतृत्वमा रेस्पोन्स टिम समेत बनाइएको छ । जसमा डा भोजराज अधिकारीलगायत रहेका छन् ।

अहिले आइसोलेसन वार्डमा दुईजना स्वाइनफ्लुका बिरामीको उपचार जारी रहेको अस्पतालले जनाएको छ ।

जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रण निरीक्षक रामकुमार केसीका अनुसार १ सय ६२ जनाको परीक्षणमा बिहीबारसम्म २७ जना स्वाइनफ्लु लागेको पाइएको हो ।

सबै उपचार निःशुल्क हुने भएकाले सर्वसाधारणलाई उपचारका लागि नहिचकिचाउन भरतपुर अस्पतालले अनुरोध गरेको छ ।

प्रतिक्रिया