बैद्य निकट परिवार समाजको संयोजकमा रेणुका

UCPN-Maoist-flagकाठमाडौं, २८ फागुन । नेकपा–माओवादी निकट राज्यद्वारा बेपत्ता योद्धा परिवार समाजको भेला आयोजना गर्न रेणुका चौलागाईंको संयोजकत्वमा २१ सदस्यीय कमिटी गठन भएको छ ।

यसअघि समाजका संयोजक रहेका एकराज भण्डारी, नेत्रविक्रम चन्द नेतृत्वको नवगठित नेकपा माओवादीमा गएपछि चौलागाईंको संयोजकत्वमा भेला आयोजक कमिटी गठन गरिएको हो ।

बैठकले बेपत्ता परिवारका साना सन्तानलाई पार्टीले अभिभावकत्व प्रदान गर्ने, बेपत्ता नागरिकको विवरण सङ्कलन गर्नेलगायतका निर्णय गरेको छ ।

समाजले आगामी चैत ७ गते काठमाडौंमा बेपत्ता योद्धाको सार्वजनिकीरणका विषयमा अन्तरक्रिया कार्यक्रम गर्ने छ ।

प्रतिक्रिया