बसुन्धराका कथित ‘डन’हरूविरुद्ध सार्वजनिक मुद्दा

police-logoकाठमाडौं, २८ फागुन । काठमाडौंको बसुन्धरास्थित सिँचाइ कार्यालयमा बोलपत्रमा गुण्डागर्दी गर्ने सातजनालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरी केही सार्वजनिक अपराध मुद्दामा चलाएको छ ।

आफ्नो पक्षमा बोलपत्र पार्न सो समूहले मंगलबार बाटो तथा कार्यालय परिसरमा बसी अन्य व्यक्तिलाई डर त्रास धम्कीमा दिई बोलपत्र हाल्न बन्चित गराएका थिए ।

सरकारी काम कारबाहीलाई नकारात्मक प्रभाव पारी शान्ति सुरक्षामा खलल पुराएकाले पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

पक्राउ पर्नेमा ललितपुरका जाउलाखेल बस्ने प्रदिप तण्डुकार, कुपण्डोल बस्ने अरविन्द सिंह, काठमाडौंको चक्रपथ बस्ने विश्व गुरुङ, दोलखा डाँडागाउँ गाविसका राजु श्रेष्ठ, नुवाकोट कल्याणपुर गाविसका श्रीराम तामाङ, नुवाकोट किम्ताङ गाविसका सुकबहादुर गुरुङ, गोरखा हंसपुर गाविसका पे्रमकुमार गुरुङ छन् ।

प्रतिक्रिया