विज्ञापन व्यवसायीहरुको पूर्वाञ्चलमा क्षेत्रीय भेला

aanकाठमाडौं, २७ फागुन । नेपाली विज्ञापन व्यवसायीहरुको छाता संगठन नेपाल विज्ञापन संघको पूर्वाञ्चल क्षेत्रीय भेला सम्पन्न भएको छ ।

पहिलो पटक संघको पूर्वाञ्चलस्तीय क्षेत्रीय भेला मंगलबार विराटनरमा सम्पन्न भएको हो । भेलामा पूर्वाञ्चल क्षेत्रका अधिकांश विज्ञापन एजेन्सीहरुको सहभागिता रहेको भेलामा ब्रोडकाष्टर्स एशोसिसन अफ नेपालका महासचिव चन्द्र न्यौपानेले जानकारी दिए ।

भेलामा मोफसलका विज्ञापन व्यवसायीहरुको समस्या, सञ्चार माध्यमहरु सँगको अन्तरसम्बन्ध, विज्ञापन व्यवसाय सम्बन्धि कानुनी व्यवस्थाबारे व्यापक छलफल भएको थियो ।

नेपाली विज्ञापन व्यवसायलार्ई अझ बढी संगठित गर्ने उद्देश्यले सम्पन्न भेलाले पूर्वाञ्चल क्षेत्रीय संगठन विस्तार गर्ने उदेश्यले सरोज पोखरेलको संयोजकत्वमा नौ सदस्यीय समन्वय समिति पनि गठन गरेकोछ ।

समितिले यथाशाक्य छिटो विज्ञापन व्यवसायी एवं सञ्चारमाध्यमहरुको बृहत भेला आयोजना गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया