तुलसीपुर, २७ फागुन । दाङको तुलसीपुर कारागारमा बन्दी जीवन विताइरहेका एक कैदीको मृत्यु भएको छ ।
२०६६ सालदेखि जवरजस्ती करणी तथा हाडनाता मुद्दा खेपीरहेका प्यूठान– ५, भिङग्रीका ५० वर्षीय गोम्चे गन्र्धवको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मंगलबार कारगारमा क्यारेम्वोड खेलीरहेको अवस्थामा एक्कासि बेहोस भएपछि उनलाई राप्ती अञ्चल अस्पताल लगिएको थियो । उनीलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको थियो ।
गन्र्धवलाई जिल्ला अदालत प्यूठानले २०६६ माघ २७ गते जवरजस्ती करणी तथा हाडनातासम्वन्धी मुद्दामा १६ वर्षको कैद सजाय तोकेको हो ।
प्रतिक्रिया