कैलालीमा अबैध बन्दुक बरामद

धनगढी, २७ फागुन । कैलाली जिल्लाको मसुरिया गाविस–२ स्थित सुनपाल सामुदायिक वनबाट प्रहरीले मंगलबार राति एक थान भरुवा बन्दुक बरामद गरेको छ ।

वनभित्र भरुवा बन्दुक रहेको भन्ने सूचनाका आधारमा गएको मसुरिया प्रहरीको टोलीले लोड नभएको एक थान भरुवा बन्दुक र करिब २० किलो तौल भएको मृत बँदेल बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

राति बँदेलको सिकार गर्न गएकाले उक्त बन्दुक छोडेर फरार भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया