हस्तलिखित राहदानी पुससम्म

काठमाडौ, २ जेठ । वैदेशिक रोजगारीका लागि जाने कामदारहरले आगामी १४ पुससम्म हस्तलिखित राहदानीबाटै श्रम स्वीकृति पाउने भएका छन् । यस अघि १ जेठबाट मेसिन रिडेबल पासपोर्ट (एमआरपी) भएकाले मात्रै श्रम स्वीकृति पाउने निर्णय भएकोमा त्यसलाई सच्याउँदै श्रम तथा रोजगार मन्त्रालयले १४ पुससम्म हस्तलिखित राहदानीबाटै श्रम स्वीकृति पाउने व्यवस्था मिलाएको हो ।
वैदेशिक रोजगार विभागका अनुसार धेरै कामदारको हस्तलिखित राहदानीमा भिसा आइसकेको र ठूलो सङख्यामा हस्तलिखित राहदानीमा भिसा प्रक्रिया अगाडि बढाएकाले सो निर्णय सच्च्याइएको हो । एम आर पि लाई प्रोत्साहान गर्ने नीति भने विभागको रहेको बताइएको छ ।

प्रतिक्रिया