उपनिर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं, १ जेठ । निर्वाचन आयोगले विभिन्न चार क्षेत्रमा हुने उपनिर्वाचनका लागि निर्वाचन कार्यक्रम विहिवार सार्वजनिक गरेको छ । जस अनुसार आगामी ११ जेठबाट निर्वाचन प्रक्रिया सुरु हुने निर्वाचन आयोगले जनाएको छ । काठमाडाँै–२, चितवन–४, बदिर्या–१ र कैलाली–६ मा आगामी असार ८ गते हुने संविधानसभा सदस्यको उपनिर्वाचनका लागि आयोगले बिहीबार कार्यक्रम सार्वजनिक गरेको हो । आयोगद्वारा जारी विज्ञप्ति अनुसार आगामी ११ जेठमा उम्मेदवारको मनोनयन दर्ता, १२ गते उम्मेदवारको मनोनयनपत्र दर्ता भएको सूची प्रकाशन, १३ गते उम्मेदवारको विरोधमा उजुरी दिन, १४ गत मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने रहेको छ ।
त्यस्तैगरी १५ जेठमा उम्मेदवारको नामावली प्रकाशन गर्ने, १६ गते उम्मेदवारको नाम फिर्ता लिने, १७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, १८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ । काठमाडाँै–२ एमाले बरिष्ठ नेता माधवकुमार नेपालले, चितवन–४ मा नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाले, उप्रधानमन्त्री वामदेव गौतमले बदिर्या–१ र नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले कैलाली–६ छाडेपछि उपनिर्वाचन हुन लागेको हो । मतदानका लागी आगामी ८ असार मा बिहान ७ देखि ५ बजेसम्मको समयालाई तोकिएको छ । आयोगले कार्यतालिका नै सार्वजनिक गरेपनि दलहरुल अहिलेसम्म उम्मेदवार तय गरेका छैनन् । यसैसाता दलहरूले उम्मेदवारको टंगो लगाउने बताइएको छ ।

प्रतिक्रिया