पत्रकार महासंघमा प्रगतिशील प्यानल

caption copyकाठमाडौं, २२ बैशाख । नेपाल पत्रकार महासंघमा बामपन्थीहरूको संयुक्त व्यवसायिक प्यानलका उम्मेदवार महेन्द्र विष्ट निर्वाचित भएका छन् । प्रेस युनियनको तर्फबाट उम्मेदवार बनेका पोषण केसीलाई ८० मतले पराजित गर्दै विष्ट आगामी तीन बर्षका लागि महासंघको अध्यक्ष बन्न सफल भएका छन् ।
खुला उपाध्यक्षमा खिलबहादुर भण्डारी विजयी भए । उनले प्रेस युनियनका उम्मेदवार रामजी दाहाललाई ५ मतको झिनो अन्तरले पराजित गरे । समावेशी उपाध्यक्षमा भने प्रेस युनियनकी अनिता विन्दु विजयी भएकी छिन् । उनले संयुक्त प्यानलका महेश दासलाई पराजित गरेकी हुन् । महासचिवमा उजीर मगर विजयी भए । मगरले प्रेस युनियनका उम्मेदवार जगत नेपाललाई पछि पारेका थिए । खुला सचिवमा प्रभात चलाउने विजयी भए । चलाउनेले प्रेस युनियनका दिलीप थापा मगरले भन्दा नौ भोट मात्रै बढी पाएका थिए । प्रगतीशिलतर्फबाट बालकृष्ण बस्नेत विद्रोही उम्मेदवार बनेका थिए ।
एसोसियततर्फको सचिवमा ध्रुव लम्साल विजयी भएका छन् । लम्सालले प्रेस युनियनका उम्मेदवार प्रकाश थापालाई पराजित गरेका थिए । कोषाध्यक्षमा सूर्यमणि गौतम र लेखा समिति संयोजकमा दिपक पाण्डे निर्वाचित भएका छन् । लेखा समिति सदस्यमा सुनिल दाहाल र प्रेस युनियनकी रञ्जना पौडेल विजयी भएका छन् । उनले दुई सयको हाराहारीमा मत प्राप्त गरेका थिए । आइतबार राती नौ बजेपछि सुरु भएको मतदान राती १ बजे सकिएको थियो । जसमा १५ सय ४७ मत खसेको थियो । महासंघमा १६ सय ५१ प्रतिनिधि छन् ।
महासंघको नयाँ नेतृत्व
अध्यक्ष महेन्द्र विष्ट, उपाध्यक्ष खिला बहादुर भण्डारी (खुला), समावेशी उपाध्यक्ष अनिता विन्दु, महासचिव उजिर मगर, सचिव प्रभात चलाउने, एसोसियट सचिव ध्रुव लम्साल, महिला सचिव संगिता खड्का, समावेशी सचिव धर्मेन्द्र कर्ण,
कोषाध्यक्ष सूर्यमणि गौतम, लेखा समिति संयोजक दिपक पाण्डे, लेखा समिति सदस्यहरू सुनिल दाहाल र रञ्जना पौडेल, पूर्वाञ्चल गणेश पोखरेल र गणेश लम्साल, मध्यमाञ्चल शितल महतो र चिरञ्जीवी मास्के, पश्चिमाञ्चल हरिनारायण गौतम र रुद्र भट्ट, मध्यपश्चिमाञ्चल झलक गैरे र अजयदीप शर्मा, सुदूरपश्चिमाञ्चल प्रकाशविक्रम शाह र खगेन्द्र पन्त, उपत्यका : ईश्वरी वाग्ले र रामहरि सिलवाल, प्रतिष्ठान सुरज आचार्य र रोशन पुरी, कर्णाली नवराज महतारा, एसोसिएट प्रकाश तिमल्सिना र प्रदीप न्यौपाने ।

प्रतिक्रिया