ओली अस्पताल भर्ना

KP_birami copyकाठमाडौं, १५ बैशाख । नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओली आइतबार राति उपचारार्थ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल भर्ना भएका छन् ।
गत महिना भारतको म्याक्स अस्पतालमा एक महिना उपचार गरी स्वदेश फर्कीएका ओलीलाई गए राति ज्वरो आउने र बान्ता भएपछि चिकित्सकको सल्लाहमा बिहान २ बजे भर्ना गरिएको हो । स्वदेश फर्केयता केही दिन पार्टीका कार्यक्रम र कार्यकर्ता भेटघाटमा व्यस्त रहेका ओली अहिले अस्पतालमा आराम गरिरहेको एमाले केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले बताए ।
अस्पताल स्रोतका अनुसार नेता ओलीलाई मेनेन्जाइटिसको आशङ्कामा ढाडको पानी निकालेर परीक्षण भइरहेको बुझिएको छ । उनलाई नसा र मिर्गाैला विशेषज्ञ चिकित्सकले परीक्षण गरिरहेका छन् । ओलीको सात वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो । ओली पुन: अस्वस्थ भएपछि पार्टीको नवौं महाधिवेशनको तयारीका लागि दस्तावेज लेखन लगायत पूर्वनिर्धारित कार्यक्रम प्रभाव हुन सक्ने आंैल्याइएको छ ।

प्रतिक्रिया