हुम्ला, १५ बैशाख । दुई महिनादेखि स्थानीय वासिन्दाले नेपाल खाद्य संस्थान शाखा कार्यालयबाट खाद्यान्न नपाउँदा सो क्षेत्रमा भोकमरीको समस्या देखिएको छ ।
हुम्ला जिल्लाको सिमानामा पर्ने चीनको ताक्लाकोटबाट मैदा ल्याइएकाले स्थानीय जनता थुक्पा र रोटी खान बाध्य छन् । उक्त मैदा गुणस्तरीय नभए पनि २५ केजीको चार हजार रुपियाँसम्म मूल्य तिर्न बासिन्दा बाध्य भएका छन् ।
जिल्ला खाद्य व्यवस्था समितिले ३१ हजार ५०० क्विन्टलको आवश्यकता भएको भन्दै संस्थानसँग माग गरेको थियो । हुम्लामा खाद्यान्यका लागि ढुवानी खर्चबापत १५ करोड रुपियाँ विनियोजन गरिए पनि बजेट निकासा नहुँदा खाद्यान्न अभाव भएको खाद्य संस्थानको दाबी छ । सतह मार्गबाट एक हजार ४१२ र हबाई मार्गबाट छ हजार २९२ क्विन्टल ढुवानी गर्ने योजना रहेको बताइएको छ ।
प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले अञ्चल, क्षेत्र, विभाग र मन्त्रालयमा आपूर्तिका लागि पत्राचार गरिसकेको जानकारी दिए ।
यसैबीच कोटेश्वरस्थित ‘कोटेश्वर तरकारी बजार’ मा सोमबार बिहान भएको आगलागीमा झण्डै एक करोड रुपियाँ बरावरको क्षति भएको छ । बिहान करिब ४ बजे विद्युत् सर्ट भई आगलागी भएको बताइएको छ ।
आगलागी भएको सूचना पाएपछिनियन्त्रण तथा सहयोगका लागि सुरक्षाकर्मी खटाइएको थियो । दमकल र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।
प्रतिक्रिया