काठमाडौं : युवा संघको सोमवारको बैठकमा दुई समूहबीच कुटाकुट भएको छ । बैठकको समापनको दिन सोमबार युवा संघले कारबाही गरिएको घोषणा गरिएका करिब १२ जनाको सम्ूह विरोधमा उत्रेपछि हात हालाहाल भएको हो । बैठक समापनका क्रममा अध्यक्ष महेश बस्नेतले कारबाहीको घोषणा गरेपछि आक्रोशित समूह र य्ुवा संघका अध्यक्ष बस्नेतसहितका पदाधिकारीबीच कुटाकुट भएको हो । संगठनको हितविपरित काम गरेको भन्दै बस्नेतले कारवाहीको घोषणा गरेपछि सचिवालय सदस्य शेरबहाद्ुर तामाङसहितले कारबाहीप्रति असहमति जनाउँदै विरोध गरेपछि तनाव शुरु भएको थियो ।
तामाङ समूहले आफूहरुलाई कारबाही गर्नुको कारणबारे बैठकस्थलमा आवाज उठाउन खोज्दा अध्यक्ष बस्नेतसहितले पेस्तोल देखाएर आफूहरुमाथि क्ुटपिट गरेको आरोप विपक्षीको छ । युवा संघले गुण्डागर्दी तथा अराजक गतिविधि गरेको भन्दै केन्द्रीय सचिवालय सदस्य शेरबहाद्ुर तामाङ, हिमाल लिम्ब्ु र अर्जुन गुरुङसहितलाई निलम्बन गर्ने निर्णय गरेको थियो । उनीहरुमाथि उपाध्यक्ष झपड रावल आयोगले गरेको सिफारिस बमोजिम कारबाहीको निर्णय भएको संघका प्रचार विभाग प्रमुख प्रभातविक्रम कटुवालले जानकारी दिए ।
प्रतिक्रिया