रहरले नेतृत्व पाइन्न : नेपाल

नेपालगञ्ज, २३ चैत । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको नेतृत्व लिने रहर र घोषणाले मात्रै नेतृत्वमा नपुगिने बताएका छन् । उनले नेतृत्वका लागि ठोस आधार र मापदण्ड हुनुपर्ने बताएका हुन् । परीक्षामा फेल भएकाहरु नभई सफल भएकाहरु नै नेतृत्वका लागि योग्य हुने नेपालको तर्क छ ।
पार्टी निकट पेशागत महासङघ नेपाल बाँकेको प्रथम जिल्ला परिषदको आइतवार नेपालगञ्जमा उद्घाटन गर्दै नेपालले जनताको बहुदलिय जनवादलाई नयाँ ढंगले बिश्लेषण गर्नुपर्ने बेला आइसकेको वताए । उनले जवजले नै नेपालका कम्युनिष्ट पार्टी जोगाएको भन्दै समयानुसार परिवर्तन गर्नु आवश्यक भएको बताए ।
नेपालले भने,’एकथरीहरु जनताको बहुदलीय जनवाद ‘जबज’मा कमा र फुलस्टप पनि परिवर्तन गर्नु हुँदैन भनेर अड्डी कसेर बसेका छन् । अर्को थरी नयाँ ढंगले विष्लेशण गर्न आवश्यक छ भन्छन । कोही जबज निषेध गरेर जानुपर्छ भन्नेहरु पनि छन् । यि दुबैबाट पार्टी जोगाउनुपर्छ ।’ (सौस)

प्रतिक्रिया