‘प्रचण्डलाई हुँदैन’

काठमाडौं, २२ चैत । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाओवादी अध्यक्ष पुष्प कमल दाहाललाई उच्चस्तरीय राजनीतिक समितिको संयोजक दिन नहुने तर्क गरेका छन् । शनिवार जुम्ला जाने क्रममा नेपालगञ्ज विमानस्थलमा सञ्चारकर्मीहरुसाग कुरा गर्दै एमाले नेता नेपालले यस्तो तर्क गरेका हुन् ।
प्रचण्डलाई समितिको नेतृत्व दिनु ‘सुपर प्राइमिनिष्टर’ बनाउनु भएको उनको तर्क थियो । ‘जनताले तेस्रो शक्तिको रुपमा स्थापित गरेको एमाओवादीलाई राजनीतिक समीतिको नेतृत्व दिन सकिादैन,’ उनले भने, ‘ठूलो पार्टी नेपाली कांग्रेसका सभापति सुशील कोइराला प्रधानमन्त्री भइसकेकाले संयोजक दोस्रो ठूलो दल एमालेका अध्यक्ष झलनाथ खनाललाई बनाउनु पर्छ ।’
उनले कुराकानीका क्रममा स्थानीय निकायको चुनाव गर्न प्रधानमन्त्रीमा दृढ इच्छाशक्ति नभएको पुन दोहोर्‍याए । सरकारले गर्नुपर्ने आवश्यक पहल हालसम्म गर्न नसकेका कारण स्थानीय निकायको निर्वाचन हुनेमा आशंका उब्जिएको उनको भनाइ थियो ।

प्रतिक्रिया