चितवन २० चैत्र । तरुण दल चितवनका तत्कालिन अध्यक्ष शिव पौडेलको हत्यामा संलग्न ८ जनालाई जिल्ला अदालत चितवनले जन्मकैदको फैसला सुनाएको छ । हत्या आरोपमा पक्राउ २७ मध्ये १३ जनालाई अदालतले सफाई दिएको छ ।
पौडेलको २०६८ साल २० मंसिरमा हत्या भएको थियो । चितवन जिल्ला अदालतका न्यायाधीश विनोदमोहन आचार्यको इजलासले पौडेल हत्यामा संलग्न सुनिल गुरुङ, सुनिल केसी, शरण गुरुङ, सुरज श्रेष्ठ, फणिन्द्र श्रेष्ठ, दिलबहादुर लामा, सुजेन्द्र राई र अमिर गुरुङलाई जन्मकैदको फैसला सुनाएको हो । अदालतले प्रकाश तामाङ, अमित लामा, विक्रम लामा, चन्द्रबहादुर थापा, भीमकुमार पाख्रिन र राजकुमार घलानलाई पाँच–पाँच वर्ष कैदको फैसला गरेको छ ।
प्रतिक्रिया