ओली भेट्न पोखरेल पनि दिल्लीमा

काठमाडौं, १८ चैत । दिल्लीमा उपचार गराइरहेका नेकपा एमाले संसदीय दलका नेता केपी ओलीलाई भेट्न एमाले महासचिव ईश्वर पोखरेल पनि मंगलबार नयाँ दिल्ली गएका छन् । बरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतम फकिर्एलगत्तै पोखरेल दिल्ली पुगेका हुन् ।
ओलीलाई भेटेर नेता नेपाल सोमबार स्वदेश फर्केका थिए । केही दिन अगाडी उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम पनि उनलाई भेट्न दिल्ली पुगेका थिए । राजधानीकै ग्राण्डी अस्पतालमा एक साताको बसाई पछि थप उपचार र परिक्षणका लागी ओली दिल्ली गएका थिए ।
दिल्ली स्थित म्याक्स अस्पतालमा उनको उपचार भइरहेको छ । झण्डै एक महिनादेखि उपचाररत ओली अस्पतालबाट डिस्जार्ज भएपनि त्यही आराम गरेर बसिरहेका छन् ।

प्रतिक्रिया