रोम विधान अनुमोदनका लागि पहाडी अनशनमा

काठमाडौं, १७ चैत । अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन गराउन माग गर्दै मानवअधिकारबादी नेता कृष्ण पहाडीले अनसन शुरु गरेका छन् । सो विधान अनुमोदन गराउन नेपाल सरकारले चासो नदिएको भन्दै मानव अधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीले सोमबारबाट सहिद पार्कस्थित शान्ति वाटिकामा आमरण अनशन सुरु गरेका हुन् ।
रोम विधानलाई २०७० चैत १५ सम्म अनुमोदन गर्न आग्रह गर्दै प्रधानमन्त्री र मन्त्रीहरूलाई भेट गरी ज्ञापनपत्र दिए पनि सरकारले यसका बारेमा चासो नदिई कुनै सुनुवाइ नगरेको आरोप पहाडीको छ People who stopped using buy-detox.com can still feel strong cravings for the drug, sometimes even years later. । उनले भने ‘अन्तर्राष्ट्रिय फौजदारी अदालत आमसंहार, युद्ध अपराध, मानवताविरुद्धको अपराधलगायतका अपराधमा संलग्न कुनै पनि व्यक्तिलाई न्यायिक कठघरामा उभ्याउन सक्ने स्वतन्त्र अन्तर्राष्ट्रिय निकाय भएकाले यसको विधान हरेक प्रजातान्त्रिक मुलुकले अनुमोदन गर्नुपर्छ’ हालसम्म विश्वका १ सय २२ देशले रोम विधानलाई अनुमोदन गरिसकेका छन् ।
नेपालले पछिल्लो पटक पुष्पकमल दाहाल नेतृत्वको सरकारका पालामा रोम विधान पारित गर्नका लागि २०६५ २३ माघमा मन्त्रिपरिषद्मा पेस भएपनि पारित हुन सकेको थिएन ।

प्रतिक्रिया