खोटाङ, १६ चैत । जिल्ला अस्पताल खोटाङमा करार सेवाको अहेव कविता दाहालमाथी दिन दहाडै हत्याको प्रयास भएको छ ।
अस्पतालको इमेन्जर्सी वार्डमा डिउटीमा रहेको बेला कार्यालयको कुर्सीमै बसिरहेको बेला बाहिर बाट आएका एक युवाले खुकुरी प्रहार गरी हत्या गर्ने प्रयास गरेको छ । स्थानिय खाल्ले ७ बस्ने वर्ष २२ का अशोक खतिवडाले हत्याको प्रयास गर्दै घाँटी, टाउको, दुवै कुम, हत्केला लगायतमा कयौँ पटक खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक गाविन्द शाहले जानकारी दिएका छन् ।
दिउँसो करिब एक बजेको समयमा उक्त घटना भएको र घटनाको लगतै प्रहरी परिचालन गरिएको थियो । घटना पछि फरार खतिवडालाई प्रहरी सहायक निरिक्षक राजेश खडकाको नेतृत्वमा गएको टोलिले लफयाङ गाविसको सिमानाबाट नियन्त्रणमा लिएको छ । घटनाको बारेमा अनुसन्धान जारी रहेको डिएसपि शाहले जनाएका छन् ।
खुकुरीको प्रहारबाट मरणसान्न अवस्थामा रहेको बिरामीलाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं पठाइएको छ । आफुले एकोहोरो मन पराएको र प्रेम प्रस्ताव राखेको तर विवाह गर्न नमानेको भन्दै खतिवडाले कार्यालयमै गएर दाहाललाई मार्ने प्रयास गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरी श्रोतले जानकारी दिएको छ ।
प्रतिक्रिया