महाकुम्भ मेलाको दिन गन्ती शुरु

काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि वास्कोटाले सोमबार सुरु हुने  महाकुम्भ मेलाको तयारीको स्थलगत अनुगमन गरेका छन् । स्थलगत अनुगमनमा चतराधाम र वराह क्षेत्रमा स्नान गर्दा कुनै दुर्घटना नहोस्, कुम्भमेलाको भिडभाडमा भागदौड नमच्चियोस् र केटाकेटी र वृद्धवृद्धा नहराउन भन्ने उद्धेश्यले भएको बास्कोटाले जानकारी दिए । सुरक्षा निकायले आफूलाई पूर्णत: ढुक्क रहन आश्वासन दिएको र सुरक्षा योजना भरपर्दो र विश्वसनीय रहेकोले आम नेपालीलाई निर्धक्कताका साथ कुम्भ मेला भर्न जान सचिव वास्कोटाले सार्वजनिक आव्हान गरेका छन् । (सौस)

प्रतिक्रिया