काठमाडौं, १४ चैत । सरकारले रिक्ता देशमा राजदूत नियुक्ति पक्रिया अघि बढाएपछि गैरआवासीय नेपाली संघ एनआरएनका अभियानकर्ता तेन्जी शेर्पा पनि दौडधुपमा लागेका छन् ।
करिब २५ वर्ष दक्षिण कोरिया बसेका शेर्पा एनआरएनका वर्तमान सल्लाहकार एवं निवर्तमान महासचिव पनि हुन् । केही महिना अघि एनआरएन अध्यक्षको प्रत्यासी बनेका शेर्पालाई एमालेले समर्थन गरेको थियो । शेर्पा तीन वर्षअघिदेखि नेपालमै छन् । शेर्पा नेकपा एमालेको कोटामा राजदूत बन्ने दाऊमा छन् । लामो समय कोरियामै बसेकाले एमालेले उनलाई दक्षिण कोरियाको राजदूत बनाउनु पर्ने उनको दाबी छ ।
अहिले १६ वटा देशमा राजदूत रिक्त छ । एमालेबाट माधव नेपाल सरकारका परराष्ट्र सल्लाहकार राजन भट्टराई, अध्यक्ष झलनाथ खनाल नेतृत्वको सरकारका सल्लाहकार मिलन तुलाधर, नागरिक समाजका अर्जुन कार्की र प्रमेश हमाल पनि राजदूत हुने दौडमा छन् । राजदूतकै दौडमा एनआरएनका अर्का अभियानकर्ता भीम उदास पनि छन् ।
प्रतिक्रिया