काठमाडौं, १३ चैत । नेपाल सहित दक्षिणपूर्वी एशियाका देशलाई पोलियोमुक्त घोषणा गरिएको छ ।
भारतको नयाँदिल्लीमा भएको कार्यक्रममा विश्व स्वास्थ्य संगठनले सम्बन्धित देशका स्वास्थ्य अधिकारी, सरकारी प्रतिनिधीको उपस्थितीमा यो क्षेत्रलाई पोलियोमुक्त क्षेत्र घोषणा गरेको हो । पोलियोमुक्त घोषणा हुने राष्ट्रमा नेपाल सहित बंगलादेश, भुटान, दक्षिण कोरिया, भारत, इन्डोनेसिया, माल्दिभ्स, म्यानमार, श्रीलंका, थाइल्याण्ड, र टिमोर लिस्ट छन् । पाकिस्तान र अफगानिस्तानलाई भने पोलियोमुक्त क्षेत्रमा समावेश गरिएको छैन ।
दक्षिणपूर्वी एसियालाई पोलियोमुक्त क्षेत्र घोषणा गरेपछि अब विश्वको ८० प्रतिशत जनसंख्या पोलियो मुक्त रहेको विश्व स्वास्थ्य संगठनले दावी गरेको छ । पोलियोमुक्त क्षेत्र घोषणा भएपनि रोगको जोखिम र चुनौती भने बाँकी नै रहने आशंका गरिएको छ । स्वास्थ्य संगठनले सन् २०१८ भित्र विश्वलाई पोलियोमुक्त घोषणा गर्ने लक्ष्य राखेको छ । (सौस)
प्रतिक्रिया