भीम अस्पतालमा चिकित्सक अभाव

भैरहवा, १२ चैत । जिल्लाकै सबैभन्दा पुरानो अस्पताल भीम अस्पताल भैरहवामा चिकित्सक नहुँदा सेवाग्राही मर्कामा परेका छन् ।

वि.स. १९९० सालमा स्थापित भीम अस्पताल भैरहवामा ७ जना विशेषज्ञ डाक्टरको दरबन्दी रहेता पनि हाल १ जना पनि छैनन् । लामो समयदेखी एक जना चिकित्सकले काम चलाउँदै आएकोमा उनी पनि सरुवा भइ अन्यत्र जान थालेकोले अस्पताल पुर्ण रुपमा चिकित्सक विहीन बनेको हो ।

१० औ तहका अस्पतालका मेडिकल सुपरिटेण्डेन समेत रहेका डा. मनोहर जोशि ११ औ तहमा बढुवा भई सरकारी नियमानुसार अन्यत्र जानुपर्ने भएकोले अस्पताल चिकीत्सक विहिन हुन पुगेको हो ।

अस्पतालमा अहिले प्रशिक्षार्थि चिकित्सकले विरामीको चेकजाँच गरिरहेका छन् । नेपाल सरकारको छात्रावृत्तिमा पढेका एमविविएस उत्तिण विद्यार्थर्ी सरकारी नियमअनुसार २ वर्ष अनिवार्य सरकारी अस्पतालमा काम गनुपर्ने प्रावधान अनुसार ६ जनाले चिकीत्सीय सेवा धानिरहेका छन् ।
वृजेश पाण्डे, रेखा पौडेल, एलिजा शर्मा, वर्षा पौडेल, नारायण पोखरेल र ज्ञानेन्द्र झाले अस्पतालमा चिकित्सीय सेवा प्रदान गरिरहेको अस्पतालका नासु गोविन्द ज्ञवालीले जनाए ।
अस्पतालको दरबन्दिमा रहेका डा. विना प्रजाप्रति शक्ति र राजनितीको भरमा ४ वर्षदेखी नै कान्ति बाल अस्पतालमा कार्यरत छिन् । उनी भीम अस्पताल भैरहवाको दरबन्दिमा तलब खाइरहेता पनि एकपटक पनि अस्पतालमा आएकी छैनन् । उनलाई केहि महिना अगाडी सम्म भीम अस्पतालले नै तलब पठाइरहेको थियो । अहिले भने मन्त्रालयबाट काज मिलाएर तलब खाएकी छन् ।

अस्पतालमा चिकीत्सक ल्याउन सरकार परिवर्तनसंगै आउने हरेक अस्पताल विकास समितीका अध्यक्षले धेरै कसरत गरेता पनि त्यो सफल हुन सकेको छैन् । हालका अध्यक्ष आनन्द प्रसाद गुप्ताले पनि धेरै कसरत गरेर डा. पदमराज अधिकारी online casino nbso र विष्णु गौतमलाई ल्याएका थिए तर ती चिकित्सक पनि ५, ७ महिना मै अन्यत्र सरुवा मिलाएर गए । अध्यक्ष गुप्ताले भीम अस्पतालको दरबन्दि लिएर कान्तिमा काम गर्ने डा.प्रजापतिलाई ल्याउन पनि धेरै कसरत गरे तर त्यो पनि सफल हुन सकेन ।

अध्यक्ष गुप्ताले भने ‘भीम अस्पताललाई चिकित्सकले टेक्ने ठाऊ मात्र बनाइरहेका छन् । राम्रो अवसर पाएमा अन्यत्र गइहाल्छन् । यहा अन्यत्र जस्तो बाह्य क्लिनीकमा काम गर्ने अवसर कम हुँदा चिकित्सक आउन मान्दैनन् ।’

जिल्लाकै सबैभन्दा पुरानो अस्पताल भौतिक रुपले त जीर्ण हुदै गएको छ त्यसमा प्राविधीक रुपले पनि रुग्ण हुदै जानु चिन्ताको विषय हो । सरकारी अस्पताल भएकोले विशेषत: गरिब तथा मध्यम वर्गीय मानिसहरु यहाका सेवाग्रही हुन् । रुपन्देहीमा मेडीकल तथा हस्पीटल व्यापार फस्टाइरहेको बेला सरकारी अस्पताल भने स्वयं विरामी परेको देखिन्छ । रुपन्देहीको मर्चवार, धकधइ, मधवलिया, पडसरी, लुम्बिनी, बसन्तपुर, सिद्धार्थनगरलगायत ग्रामिण क्षेत्रका १ सय २० जना भन्दा बढी मानिसहरु दैनिक अस्पतालमा सेवाग्राहीका रुपमा आउने गर्दछन ।
नेपाल सरकारबाट २५ शैयाको स्वीकृति प्राप्त गरेको भीम अस्पतालमा पोष्र्टमाटम देखी लिएर विभिन्न आकस्मिक सेवाको पनि चाप रहने यो अस्पताल साच्चि भन्नुपर्दा ओजिटी गर्नेहरुले धानिरहेका छन् भन्दा लाज लाग्ने एक कर्मचारीले बताए ।

यसरी जिल्लाको सदरमुकाम भैरहवाको मुटुमा रहेको अस्पताल एकातिर प्राविधीक कारणले थला परेको छ भने अर्कोतर्फ भौतिक कारणले । अस्पतालमा गोविन्द ज्ञवाली र विष्णु गौतम निजामति सेवाबाट र १५ जना अस्पताल विकास समितीको तर्फबाट कर्मचारीको रुपमा कार्यरत छन् ।

प्रतिक्रिया