सेन्सर बोर्डको अवज्ञा गर्दै सिनेमा चलाउने तयारीमा नवल

bhim_datta_posterकाठमाडौं, १२ चैत । निर्माता, अभिनेता तथा कलाकार संघका अध्यक्ष समेत रहेका नवल खड्काले सेन्सर बोर्डको अवज्ञा गर्दै सिनेमा ‘भीमदत्त’ चलाउने तयारीमा रहेको बताएका छन् ।
निर्माता चलचित्र निर्माण भइसकेपछि प्रदर्शन गर्नुपूर्व चलचित्र जाँच पास शाखा सेन्सर बोर्डले सेन्सर गर्ने कानुनी प्रावधान छ । सो प्रावधान लागू हुँदै पनि आएपनि निर्माता तथा अभिनेता नवल खड्काले भने आफ्नो चलचित्र सेन्सर नगरी रिलिज गर्ने भएका हुन् । उनले चलचित्र ‘भीमदत्त’ सेन्सर नगरी प्रदर्शन गर्ने निर्णय यस चलचित्रलाई सेन्सर बोर्डले १२ दृश्य तथा संवाद ‘हाइड’ गर्ने सर्तमा ‘पिजी’ सटिफिर्केट दिएको कारण रहेको छ । यस कारण अभिनेता नवलले सेन्सर बोर्डले दिएको आदेश अवज्ञा गर्ने बताए ।
अभिनेता नवलले भनेका छन्, ‘सेन्सर बोर्डले हाइड गर्नु भनेको दृश्य हाइड नगरी चलचित्र प्रदर्शन गर्ने सोचमा छु । यो बायाग्राफि सिनेमा हो । त्यसैले सेन्सरले कैंची लगाउनु भनेको दृश्य हटाए चलचित्रको मर्म नै मर्छ । यदि जनताले सेन्सर गर भन्यो भने मात्र ती दृश्य हटाउने छु ।’ चलचित्र ‘भीमदत्त’ सुदुरपश्चिम डडेलधुराका किसान नेता भीमदत्त पन्तको जीवनीमा आधारित चलचित्र हो ।
अभिनेता नवल केही सातायता ‘भीमदत्त’ को च्यारिटीका क्रममा विभिन्न मुलुकको भ्रमणमापनि रहेका छन् । यसै साता मात्र उनी हङकङमा ‘भीमदत्त’ को दुई सो च्यारिटी गरेर फर्केका हुन् । उनले चलचित्र ‘भीमदत्त’ को चीनको गुन्जाओमा ९ मार्चमा च्यारिटी गरिएको बताउँदै भने, ‘सम्भवत: पहिलोपटक नेपाली चलचित्र चीनमा प्रदर्शन गरिएको छ । उनले आफू हङकङमा भएका बेला त्यहाँ नेपाली चलचित्रको पाइरेशी नियन्त्रण गर्न हङकङस्थित नेपाली महाबाणिज्यदूत समक्ष नेपाल चलत्रि कलाकार संघको तर्फबाट ज्ञापनपत्र बुझाएको बताए ।

प्रतिक्रिया