जोशीको अवस्था चिन्ताजनक

काठमाडौ, ११ चैत । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक भएको छ । उनको अवस्थामा कुनै सुधार हुन नसकेको अस्पतालले जनाएको छ । नर्भिक अस्पतालमा भर्ना भएका उनको अवस्था थप गम्भिर हुँदै गएपछि चिकित्सकले थप उपचारको लागि दिल्ली लैजान जोशीका परिवारजनलाई सुझाव दिएका छन् ।
मंगलबार बिहान कम रक्तचापको कारण बेहोस भएपछि जोशीलाई राजधानीस्थित नभिर्क अस्पताल भर्ना गरिएको थियो ।
जोशीको स्वास्थ्य स्थितिको जानकारी लिन प्रधानमन्त्री सुशील कोइराला, कांग्रेस नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेललगायतका नेताहरु अस्पताल पुगेका थिए । जोशीको रक्तचाप न्यून रहेको र कलेजोमा समस्या अस्पताललाई उद्धृत गर्दै कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडूले जानकारी दिए । अस्पतालले नेपालमा उपचार पद्धती नभएकाले जोशीलाई एयरएम्बुलेन्समार्फत् दिल्ली लैजान सुझाव दिएको पनि उनले जानकारी दिए ।
उनलाई बुधवार बिहानै एयरएम्बुलेन्समर्फत् दिल्ली लगिने भएको छ । अस्पताल र नागरिक उड्ययन प्राधिकरणको पहलमा एम्बुलेन्सको व्यबस्था गरिसकिएको बताइएको छ ।

प्रतिक्रिया