शुन्य समयमा क्रिकेट मैदान माग

काठमाडौं : व्यवस्थापिका–संसद्मा मंगलवार शून्य समयमा भाग लिने सभासद्ले अन्तराष्ट्रिय क्रिकेट मैदान बनाउन विषेश पहल गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराए ।
उनीहरुले क्रिकेटमा नेपालले पाएको सफलतालाई स्थापित गर्दै अगाडी बढ्नका लागी अन्तराष्ट्रिय स्तरको मैदान आवश्यक भएको धारणा राखे । मंगलबार बोल्ने सभासदहरुले सडक विस्तार, सिँचाइ, विमानस्थल निर्माण, पर्यटन प्रवद्र्धन, जलविद्युत् विकास, चुरे संरक्षण, रोडा गिट्टी निकासीबाट उत्पन्न समस्या, भूसंरक्षणका लागि कानुन तर्जुमा गर्नुपर्नेलगायत विषयमा पनि सरकारको ध्यानाकर्षण गराएका थिए ।
मंगलबारको शुन्य समयमा ३६ सभासद्ले उनीहरुलाई दिइएको एक मिनेटको समय भित्र आ–आफ्नो भनाइ राखेका थिए ।

प्रतिक्रिया