‘विमान महासागरमा विलय’

plane copyक्वालालम्पुर, १० चैत । मलेशियाली प्रधानमन्त्री नजिव रजाकले हराइरहेको मलेशियन एअरलाइन्सको विमान हिन्द महासागरमा दुर्घटना भएको हुन सक्ने प्रमाणहरू प्राप्त भएको बताएका छन् । भुउपग्रहहरू मार्फत प्राप्त संकेतहरूका अनुसार यस्तो अवस्था देखिएको उनले विमानमा सवार यात्रुका आफन्त तथा नातेदाहरूलाई जानकारी दिए ।
गत ८ मार्चमा मलेशियाबाट २ सय ३९ यात्रु सहित सो विमान क्लालाम्पुरबाट बेइजिङका लागी उडेको थियो । मलेशियाली प्रधानमन्त्री रजाकले रडारको संकेत अनुसार विमान दुर्घटनाग्रस्त नै भएको हुन सक्ने आशंका गरे । तर अहिलेसम्म पनि विमान कहाँ छ भन्ने बारे केही पत्तो लाग्न सकेको छैन । विमान उडान भरेको केही घण्टा पछि नै सम्पर्क विहिन भएको थियो । हिन्द महासागरको दक्षिणी क्षेत्रमा विमान खोज्नका लागी गत सातादेखी शुरु भएको विशेष अभियान पछि मलेशियाली प्रधानमन्त्रीले सोमवार यस्तो घोषणा गरेका हुन् । विमानमा सवार यात्रुका आफन्त र परिवारजनलाई पनि विमान दुर्घटनाग्रस्त भएको हुन सक्ने संदेश पठाइएको छ । विभिन्न देशका विशेष समुह सो विमानको खोजी अभियानमा सक्रिय थिए । अमेरिका, अष्ट्रेलिया, व्रिटेन लगायत २० वटा भन्दा बढी देशका सुरक्षा समुह सो विमान खोज्न सक्रिय थिए । जल र हवाई मार्गबाट पनि विमान खोज्ने क्रम जारी छ । तर अझै पनि विमानको कुनै संकेत मिल्न सकेको छैन । मलेशियाली प्रधानमन्त्री रजाका अनुसार सो विमान हिन्द महासागरको दक्षिणी क्षेत्रमा कतै विलय भयो ।

प्रतिक्रिया