मलेसियन एयरलाइन्सको जहाज दुर्घटनाबाट जोगियो

काठमाडौं, ९ चैत । करिव तीन साता पहिले क्वालालम्पुरबाट बेइजिङ जाँदा हराएको मलेसियन एयरलाइन्सको बिमानको खोजी जारी रहेकै समयमा काठमाडांैमा सोही एयरलाइन्सको अर्को बिमान दुर्घटनाबाट जोगिएको छ ।
क्वालालम्पुरबाट काठमाडांै आएको ‘एमएच ११४’ बिमान गत शुक्रबार त्रिभुवन बिमानस्थलमा अबतरण गर्ने क्रममा रनवेमा कुददै गर्दा एउटा चरासंग ठोक्किएको थियो ।
बिहान पौने ११ बजे बजे भएको सो घटनाबाट कुनै ठूलो क्षति नभएको बिमानस्थल स्रोतले जनाएको छ । रनवेमा सिसाका टुक्राहरू देखिएका थिए । जहाजमा १८० यात्रु सवार थिए । घटनापछि जहाजको फिति उडान रद्ध गरिएको थियो । टिकट बुक गरिएका यात्रुहरूलाई काठमाडांैका बिभिन्न तारे होटलहरूमा राखिएको थियो । बिमानको आबश्यक मर्मतपछि शनिवार दिउँसोमात्र बिमान क्वालालम्पुरका लागि उडेको थियो ।
चालक दलका सदस्यले घटनाबारे तत्कालै बिमानस्थल प्रशासनलाई जानकारी भने दिएनन् । जेट एयरवेजले घटनाबारे जानकारी दिएपछि मात्र बिमानस्थल प्रशासनले सूचना पाएको थियो । बिमानस्थलले मलेसियन एयरलाइन्सका क्याप्टेनलाई सोधेपछि मात्र उनले चरा ठोक्किएको स्वीकार गरेका थिए ।
मलेसियन एयरलाइन्स अबतरण गरेको केही मिनेटपछि जेट एयरवेज अबतरण गरेको थियो । जेटका चालकदलका सदस्यले रनवेमा शिसाका टुक्रा देखिएको सूचना बिमानस्थल प्रशासनलाई दिएका थिए । त्यस पछि बिमानस्थलको सेवा बन्द गरेर रनवे निरिक्षण गरिएको थियो । त्यसक्रममा ठोक्किएका चराको भग्नावशेष र शिसाका टुक्रहरू भेटिएका थिए । घटना लुकाउन कोसिस गरेको भन्दै बिमानस्थलका कर्मचारीहरूले मलेसियन एयरलाइन्सका क्याप्टेनलाई कारवाही गर्न महाप्रबन्धक समक्ष माग गरेको स्रोत बताउँछ ।

प्रतिक्रिया