युक्रेनको नौसैनिक क्षेत्रमा रसियाको कब्जा

किभ : रुस समर्थित सयौ जनता क्राइमियाको सेवास्तोपोल शहरमा रहेको युक्रेनको नौसैनिक इलामा प्रवेश गरेका छन्् । युक्रेनको नौसैनिक मुख्यालको भवनमा रुसको झण्डा फहराउन शुरु गरेको छ ।
युक्रेनी नौसेनाका प्रवक्ताका अनुसार दुई सय भन्दा बढीको संख्यामा रहेका रुसी समर्थक नौसेनाको मुख्यालमा प्रवेश गरेका छन् । उनीहरुको साथमा हतियार पनि रहेको बताइएको छ । ती प्रवक्ताका अनुसार युक्रेन सरकारले क्राइमियामा तैनाथ सुरक्षा फौजलाई आत्मरक्षाका लागी बल प्रयोग गर्न सक्ने अधिकार दिएपनि उनीहरुले अहिलेसम्म त्यसो गरेका छैनन् ।
सोमबार मात्रै क्राइमियाका नेताहरुले एक सन्धीमा हस्ताक्षर गर्दै रुसमा विलय हुने फैसला गरेका थिए । यस अघि आइतवार भएको विवादास्पद जनमत संग्रहमा करिव ९० प्रतिशत जनताले क्राइमिया रुसमा नै विलय गर्नु पर्नेमा मत दिएका थिए । युक्रेन, युरोपियन युनियन र अमेरिकाले भने सो जनमत संग्रह र रुसको हस्तक्षेपको कडा विरोध गर्दै आएका छन् ।
उनीहरुले सो जनमत संग्रहलाई मान्यता नदिने बताउदै आएका छन् । रुसी सेनाले क्राइमियालाई गत महिनाको अन्त्यबाट नै आफनो नियन्त्रणमा लिइसकेका छन् । सोमवार मात्रै अमेरिका र युरोपियन युनियनले रुस र युक्रेनका २१ उच्च अधिकारी विरुद्ध प्रतिबन्ध लगाएको छ । उनीहरुले क्राइमियालाइ्र्र अस्थिर बनाउन भुमिका खेलेको आरोप अमेरिका र इयुले लगाएको छ ।
युक्रेनमा गत बर्षको नोभेम्बरबाट राजनैतिक संकट शुरु भएको थियो । युक्रेनका अपदस्थ राष्ट्रपति भिक्टोर यान्कोविचले युरोपियन युनियनसँग सहयोग सम्झौता नगरी रसियासँग हात अगाडी बढाएपछि त्यहा राजनैतिक संकट शुरु भएको हो । सो घटना पछि युक्रेनमा विरोध प्रर्दशन शुरु भयो । सो घटनामा ८० भन्दा बढीको मृत्यु पनि भयो ।
राजनैतिक संकट गहिरिदै गएपछि राष्ट्रपति यान्कोविच युक्रेन छाड्न बाध्य भए र उनी अहिले रसियाको शरणमा पुगेका छन् । उनी रसिया पुगे लगत्तै क्राइमियालाई रसियाले आफनो नियन्त्रणमा लिएको थियो । क्राइमिया सन् १९५४ देखी नै रसियाको एएटा हिस्सा रहदै आएको छ । तर सो क्षेत्रमा बसोवास गर्ने अधिकांश जनता रुसी मुलका छन । सो क्षेत्र रसियामा विलय हुन नहुने पक्षमा कबेल ११ प्रतिशत मात्रै जनता छन् । (एजेन्सी)

प्रतिक्रिया