मिगौला रोगीका लागि एक रूपियाँ अभियान

चितवन १ चैत । चिकित्सक, स्वास्थ्यकर्मी तथा सञ्चारकर्मीको संयुक्त प्रयासमा मिर्गौला रोगीहरुको सहयोग र सचेतना कायक्तमका लागि ‘मिर्गौला अभियान, एक रुपैयाँ दान’ कार्यक्तम सुरु गरेको छ । सञ्चारकर्मी कृष्णा ताम्रकारको नेतृत्वमा यो अभियान सुरु भएको हो । मिर्गौलाको सचेतना तथा पीडितहरुका लागि कम्तीमा एक दिनमा एक रुपैयाँ सहयोग गर्नुपर्छ भन्ने चेतना दिन देशभरि अभियान सुरु गरिएको ताम्रकारले बताए ।
मिर्गौला दिवसको अवसर पारेर सुरु भएको अभियान अन्तर्गत उनी सहितको टोली शनिबार चितवन आइपुगेको हो । घोषणा गरेको पहिलो दिनमै दुई लाख रकम संकलन भएको ताम्रकारले बताए ।
चितवनका सहयोगीहरुलाई यो अभियानमा साथ दिन आग्रह गर्दै उनले नेपाल इन्भेष्टमेन्ट बैंकमा रहेको मिर्गौला अभियान नामको खातामा नेपालका जुनसुकै शाखाबाट पनि सहयोग गर्न सकिने बताए । उनको अभियानमा मिर्गौला रोग उपचार केन्द्रका कार्यकारी निर्देशक डा ऋषिकुमार काफ्ले र हेल्थ केयर फाउण्डेसनका महेश नकर्मीलगायत स्वास्थ्यकर्मीले सहयोग गरि रहेका छन् । संकलित रकम पारदर्शी रुपमा खर्च गरिने ताम्रकारले बताए । मिर्गौला रोग लागेको थाहा नहुने र लागे पनि उपचार पनि महँगो हुने भएकाले मिर्गौला बचाउनका लागि अभियानको थालनी गरिएको उनले बताए ।

प्रतिक्रिया