काठमाडौं, २७ फागुन । उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमले नेपाल प्रहरीमा रिक्त एआईजी बढुवा छिट्टै हुने बताएका छन् । प्रहरी मुख्यालयमा आयोजित कार्यक्रममा सम्बोधन गर्ने क्रममा गृहमन्त्री गौतमले लामो समयदेखी अवरुद्ध प्रहरी अधिकारीको बढुवा तत्काल गर्ने आश्वासन दिएका हुन् । नेपाल प्रहरीमा सात जना एआईजीको दरवबन्दी छ ।
तर केही महिना देखी नेपाल प्रहरी एआईजी विहिन छ । यसअघि मन्त्रीपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीको पालामा नै एआईजीको दरबन्दी रिक्त भएको थियो । तर राजनैतिक दलहरुको दवावका कारण ए आई जीमा बढुवा रोकिएको थियो । वर्तमान महानिरिक्षक उपेन्द्रकान्त अर्यालका ब्याजी नै नेपाल प्रहरीमा एआईजी हुने लाइनमा छन् । स्रोतको अनुसार रिक्त सात एआईजीको लागी दर्जनभन्दा बढी डिआईजी आ आफनो दावेदारी प्रस्तुत गर्दै लविङमा छन् ।
डिआईजी राजेन्द्रसिंह भण्डारी, सुरेन्द्र बहादुर शाह र नारायण बस्ताकोटी एआईजी बन्ने लाइनमा छ । त्यसैगरी केदार सावद, विज्ञान राज शर्मा, रमेश शेखर बज्राचार्य र गणेश राई पनि एआईजी को दौडमा रहेको श्रोतको दावी छ । अन्य डि आई जीहरु पनि ए आई जी बन्न विभिन्न दल र नेतृत्वकहाँ धाउने गरेको श्रोतको दावी छ ।
प्रतिक्रिया