‘गुण्डा नियन्त्रण गर’

bamdevकाठमाडौं, २७ फागुन । उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले गुण्डा नियन्त्रणलाई अभियानलाई थप तीब्र बनाउन प्रहरी अधिकारीहरुलाई निर्देशन दिएका छन् । मंगलबार प्रहरी प्रधान कार्यालय पुगेर गृहमन्त्री गौतमले हाल अभियानकै स्वरुपमा जारी रहेको गुण्डा नियन्त्रण कार्य प्रशंसनीय रहेको पनि बताए ।
‘गुण्डागर्दी तथा दादागिरीमार्फत कानुन हातमा लिने प्रवृतिका विरुद्ध प्रहरी कडाइका साथ लाग्नुपर्छ, त्यसको लागी गृहमन्त्रालयका तर्फबाट पुर्ण साथ र सहयोग हुन्छ ।’ गृहमन्त्री गौतमले कार्यक्रममा भने ।
उनले सुरक्षा व्यवस्था मजबुत बनाउन पनि प्रहरी प्रशासनलाई निर्देशन समेत दिएका छन् । प्रहरीले संगठन सुदृढीकरण,जनता केन्द्रीत शान्ती सुरक्षा र अपराध नियन्त्रणलाई केन्द्रमा राखेर काम गर्नुपर्ने गौतमको भनाई थियो । गृहमन्त्री गौतमले गुन्डा नियन्त्रण अभियानलाई अझ सशक्त पार्न निर्देशन पनि दिए । उनले देशभरको सुरक्षा व्यवस्था मजबुत बनाउन पनि प्रहरी प्रशासनलाई निर्देशन दिएका छन् । गृहमन्त्री गौतमले प्रहरीको संगठन सुदृढीकरण, जनता केन्द्रीत शान्ति सुरक्षा र अपराध नियन्त्रणलाई केन्द्रमा राखेर तदारुकताका साथ काम गर्नु पर्ने बताए । प्रहरी अधिकारीहरुलाई भेटेर मन्त्री गौतमले प्रहरीका काम कारबाही र समस्याबारे पनि जानकारी लिएका थिए । उनले श्रोत साधनको अभावमा काम कारबाहीमा कठिनाई भएको भए तत्काल परिपूति र्गर्ने वचन पनि दिए ।

प्रतिक्रिया