काठमाडौं, २३ फागुन । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले नेपाली कांग्रेस र एमालेका नेताहरूलाई होशियार भएर बोल्न आग्रह गरेका छन् ।
संविधान बनाउन पर्ने जिम्मेवारी कांग्रेस र एमालको काँधमा आएको भन्दै उनले होशियार भएर बोल्न २ दलका नेताहरूलाई आग्रह गरेका हुन् ।
‘संविधान बन्न नदिने खेल हुनसक्छ’, एमाले अध्यक्ष खनालले भने ‘संविधान निर्माण गर्ने जिम्मेवारी बोध गर्न र होशियार भएर बोल्न नेताहरूलाई आग्रह गर्छु ।’
महिला हिंसाविरुद्ध नेकपा एमाले सम्पर्क कमिटीले पार्टी कार्यालय बल्खुमा गरेको कार्यक्रममा अध्यक्ष खनालले सात बुँदे सहमतिअनुसार सरकार चल्नुपर्ने बताए । उनले तत्काल स्थानीय चुनावको मिति घोषणा गर्न सरकारसँग माग गरे ।
स्थानीय निकायमा जनप्रतिनिधि चुनेपछि बजेट निर्माण गर्न अध्यक्ष खनालले सरकारलाई आग्रह गरे । उनले स्थानीय निकायको चुनावमा एमालेले ५० प्रतिशत महिला उम्मेदवार उठाउनुपर्नेमा पनि जोड दिए ।
प्रतिक्रिया