प्रेस काउन्सिलको छानविन समिति

काठमाडौं, २१ फागुन । प्रेस काउन्सिलले रविभवनस्थित आमाको घर र यसकी सञ्चालिका दिलशोभा श्रेष्ठका विषयमा एक राष्ट्रिय दैनिकमा छापिएको समाचारबारे छानबिन गर्न सर्वोच्च अदालतका पूर्वरजिष्ट्रार रामकृष्ण तिमल्सेनाको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको छ ।
बुधबारको काउन्सिल बैठकले पूर्वरजिष्ट्रार तिमल्सेनाको अध्यक्षतामा आम सञ्चारका प्राध्यापक प्रवलराज पोखरेल र प्रेस इन्स्टिच्युटका अध्यक्ष शोभा गौतम सदस्य रहेको समिति गठन गरेको हो । दिलशोभाका बारेमा छापिएको समाचारबारे ध्यानाकर्षण भएको जनाउँदै सत्यतथ्य छानविन गर्न काउन्सिलले बुधबार छानविन समिति गठन गरेको हो ।
दिलशोभा प्रकरणबारे कसैले उजुरी नगरे पनि स्वअनुसन्धानका लागि छानविन समिति गठन गरिएको काउन्सिलले जनाएको छ । काउन्सिलले दिलशोभाबारे समाचार सम्प्रेषण गर्दा संयमता अपनाउनसमेत सञ्चारमाध्यमलाई आग्रह गरेको छ । केही दिन अगाडि उक्त दैनिकमा आमा घरकी सञ्चालक दिलशोभामाथि यौन दुाराचारको आरोप लगाउँदै समाचार संप्रेषण गरिएको थियो ।

प्रतिक्रिया