काठमाडौं, २० फागुन । संविधानसभा नियमावली मस्यौदा समितिको म्याद फेरि १० दिन थप गरिएको छ । मंगलबार विहान बसेको संविधानसभाको बैठकले दोस्रोपटक २७ फागुनसम्मको लागि १० दिनको म्याद थपेको समिति संयोजक लक्ष्मणलाल कर्णले जानकारी दिए ।
थपिएको म्यादभित्र पनि नियमावलीको मस्यौदा तयार नभएर २९ गते बस्ने संविधानसभाको बैठकमा पेश हुन नसके विवाद समाधानका लागि प्रक्रियामा प्रवेश गर्नुपर्ने धारणा मंगलबारको बैठकमा सभासदहरूले राखे ।
सभासद् लक्ष्मणलाल कर्णको अध्यक्षतामा गठन गरिएको ४९ सदस्यीय समितिले सुरुमा १० दिनको कार्यदेश पाएकोमा नियमावली तयार पार्न नसकेपछि सात दिन म्याद थपिएको थियो । समितिमा नयाँ संविधानसभाको प्रमाणीकरण राष्ट्रपतिले गर्ने कि सभामुखले गर्ने भन्ने लगायत विषयमा सहमति नजुट्दा मस्यौदा तयार हुन सकेको छैन ।
प्रतिक्रिया