‘सार्क सम्मेलन गर्न नेपाल सक्षम’

काठमाडौं, १९ फागुन । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का नवनियुक्त महासचिव अर्जुनबहादुर थापाले सार्कको १८ औं सम्मेलन आयोजना गर्न नेपाल सक्षम रहेको दाबी गरेका छन् ।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा महासचिव थापाले तोकिएको समयमा नै नेपालले सार्क सम्मेलन गर्ने बताए । ‘नेपालसँग ११ औं शिखर सम्मेलन सफलतापूर्वक सम्पन्न गरेको अनुभव छ, स्रोत साधान र भौतिक संरचना पनि भएकाले अवको शिखर सम्मेलन गर्न पनि हामी सक्षम छौँ,’ थापाले भने ।
यसअघि परराष्ट्र सचिव रहेका थापाले सोमबार महासचिवको पदभार पनि सम्हाले । नेपाल सरकारले आगामी नोभेम्बरमा शिखर सम्मेलनको प्रस्ताव गरिसकेको छ । थापाले सम्मेलनको मिति भने छलफलबाट तय गरिने बताए ।
एक प्रश्नको जवाफमा महासचिव थापाले सार्क माग्नेको संस्था नभएको भन्दै यसले अन्तर्राष्ट्रिय जगतमा दक्षिण एशियाको छवि बढाएको दाबी गरे ।

प्रतिक्रिया