यायोक्खाको चौँथो केन्द्रीयसभा सम्पन्न

उदयपुर, १० फागुन । किरात राई यायोक्खाको चौथो केन्द्रीय सभा उदयपुरको गाइघाटमा सम्पन्न भएको छ । सभामा राजनीतिकका साथै यायोक्खाको अन्य प्रगतिहरु प्रस्तुत हुने यायोक्खाको केन्द्रीय उपमहासचिव दिवस कोयुले बताएका छन् ।
यायोक्खाको यो हरेक वर्ष आयोजना हुने सभालाई मिनी महाधिवेशनका रुपमा लिइन्छ । यस सभामा २३ जिल्ला कार्यसमिति, १७ भाषिक तथा ८ भ्रातृ संगठनको प्रतिनिधिहरुको सहभागिता रहन्छ ।
प्रस्तावित किरात स्वायत्त राज्य प्राप्तिको लागि दीर्घकालिन प्रभावकारी आन्दोलन सुरु गर्नुपर्ने प्रतिवेदन उपाध्यक्ष दुर्गा राईले प्रस्तुत गरेका छन् । पहिचानसहितको संघीय राज्यको मागमा अडिग रहेको यायोक्खाले विभिन्न सयमयमा विभिन्न राजनीतिक संघर्ष पनि गरेको थियो । यसो हुँदाहुँदै जबरजस्ती जातीय राज्य माग गरेको भनेर भ्रम सिर्जना भइरहेको उपाध्यक्ष राईले बताए । सबैले किरात राई तथा अन्य गैरकिरातहरुमा जातीय तथा पहिचानलाई छर्लंग पारिनु पर्ने उनको कथन थियो । अब पहिचानसहितको किरात स्वायत्त राज्य स्थापना गर्न प्रभावकारी आन्दोलन थालिने पनि उपाध्यक्ष राईले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् ।
यायोक्खाले पूर्वाञ्चलमा रहेका १४ वटा (सप्तरी, सिराहाबाहेक), सिन्धुली, रामेछाप, दोलखाका किराती बस्तीहरु मिलाएर बृहत किरात स्वायत्त राज्य स्थापना गर्नुपर्ने माग राख्दै आएको छ । सभामा महासचिव दिवस राईद्वारा सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष सर्वधन राईद्वारा आर्थिक प्रतिवेदन समेत प्रस्तुत भएको छ । सभामा करिव सयजना प्रतिनिधि सहभागी रहेको यायोक्खाको केन्द्रीय उपमहासचिव कोयुले बताए ।
मदन पुरस्कार विजेता मुकारुङलाई सम्मान
सभा उद्घाटन कार्यक्रममा मदन पुरस्कार बिजेता राजन मुकारुङलाई ताम्रापत्रले सम्मान यायोक्खाका अध्यक्ष यशोधा राईको गरेकी छन् । संक्रमणकालीन नेपाली समाजको वस्तुगत अवस्था, मनोविज्ञान र व्यवहारलाई नौलो शैलीमा प्रस्तुत गर्न सफल राजन मुकारुङललाई यायोक्खाले सम्मान गरेको छ ।
सिमान्तीकृत नेपाली जनजीवनको जीवन्त चित्रण गरी आख्यान साहित्यमा विशिष्ट योगदान पुर्‍याएका मुकारुङलाइ भइ ‘दमिनी भीर’बाट २०६९ सालको मदन पुरस्कार प्राप्त गरेका थियो । किरात राई जातिको संस्कार–संस्कृतिका लागि उल्लेखनीय योगदान पुर्‍याउदै साहित्य क्षेत्रमा जातीय मुक्तिका लागि सिर्जनशील अराजकताको अभियन्ताको रुपमा निरन्तर क्रियाशील रहेका छन् ।
पछिल्लोपटक आदिवासी जनजातिहरूको आन्दोलनलाई सशक्त ढं्रगले उजागर गरी नेपाली साहित्यमा एक नयाा धार स्थापना गरेका छन् । आदिवासी जनजातिहरूकैं गर्विलो कृति ‘हेत्छाकुप्पा’ उपन्यास प्रकाशन गरिसकेका मुकारुङ किरात राई यायोक्खा जिल्ला कार्यसमिति काठमाडौंको पूर्वअध्यक्ष, किरात राई लेखक संघको संस्थापक अध्यक्ष हुन् ।

प्रतिक्रिया