काठमाडौं, ८ फागुन । रसियन कल्चर सेन्टरमा हिजोबाट विन्टर आर्ट एक्जिविजन सुरु भएको छ । एक्जिविजन कार्यक्रमका प्रमुख अतिथी तथा एमाले वरिष्ठ नेता प्रदिप ज्ञावलीले उद्घाटन गरेका थिए । चित्र कला प्रर्दशनीमा नेपालका पाचँ जना कलाकारहरुको आर्ट प्रर्दशनी भएको छ । प्रर्दशनीमा सुष्मा राजभण्डारी, गेहेन्द्रमान अमात्य, रत्नकाजी शाक्य, सुरेन्द्र प्रधान र मुकुन्द पौडेलका आर्टहरु एक्जिविजनमा राखिएको छ ।
रसियन सेन्टर अफ साइन्स एण्ड कल्चरको ग्यालरीमा नेपाल रसिया आर्ट क्लव र आर्ट ट्रेनिङ सेन्टरको संयुक्त आयोजनामा भएको आर्ट एक्जिविजनमा सुस्मा राजभण्डारीको यथार्तबादी शैलीका भगवान् गणेशसंग सम्वन्धित कलाकृतिहरु र पञ्चतत्वमा आधारीत तेस्रो नेत्र तथा बुद्धको आखाहरुलाई समिश्रण गरिएको छ । यस्तै आर्ट एक्जिविजनमा अमुर्त र अभिव्याञ्जन वाद शैलीका आधुनिक कलाकृतिका आर्टहरु एक्जिविजनमा राखिएको छ ।
कार्यक्रममा विशेष अतिथि नेपाल रसियाका राजदुत सर्गे यासिलिभिज भ्यालिजकिन, नेपाल ललितकाला एकेडेमीका उपकुलपति ठाकुरप्रसाद मैनाली, रसियन सेन्टर साइन्स एण्ड कल्चरका निर्देशक स्टानिस लाभ लगायतले बोलका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि ज्ञावलीले एक्जिविजनले नेपाली आर्ट कलामा योगदान पुग्ने बताए । यस्तै कार्यक्रममा प्राज्ञा शान्ता कुमार राई, प्राज्ञा शारदा चित्रकार लगायत व्याक्तित्वहरु उपस्थित भएका थिए ।
कार्यक्रममा आर्ट कलालाई सहयोग पुर्याउने ६ व्याक्तित्वहरुलाई पनि सम्मान गरिएको थियो । सम्मानित हुनेमा आर्ट ट्रेनिङ सेन्टरका सल्लाहकार तथा सौर्य दैनिकका जेनेरल म्यानेजर (जिएम) राजेन्द्रभक्त जोशी, आर्ट कलाकार गोविन्द लाल सिंह डंगोल, कलाकार राधेश्याम मुल्मी, कलाकार सिमा शाह, ललितकला एकेडेमीका प्राज्ञा सभासद तथा समिक्षक ज्ञानेन्द्र विवश रहेका थिए ।
प्रतिक्रिया