निशा गर्भवती भएपछि शंकरसँग बिहेको खुलासा

nisaकाठमाडौं, ८ फागुन । लोक गायिका निशा सुनार र नृत्य निर्देशक शंकर बीसीको बिहेको चर्चा चलेको लामै समय भैइसकेको छ । तर पनि यो कुरालाई दुबैले अस्विकार गर्दै आएका थिए । तर सार्वजनिक भएको समाचारको अनुसार नृत्य निर्देशक शंकरको बच्चा पेटमा बोकेर अमेरिका उडेपछि मात्र लोक गायिका निशाले यो कुरालाई फेसबुक मार्फत सार्वजनिक गरेकी छिन् । निशाले शंकरसँग बिहे गर्दाका तस्बिरहरु सार्वजनिक गर्दै हल्लालाई वास्तविकतामा पुष्टी गर्ने काम गरेकी छिन् । नृत्य निर्देशक शंकरले निशासँग दोश्रो बिहे गरेका हुन् । उनीहरु लामो समयदेखि सँगै बस्दै आएका थिए । तर पनि एकअर्काको सम्बन्धलाई भने मिडियाबाट लुकाउँदै आएका थिए । शंकरको घर मनकामना ५, खजुरा, बाँके हो । उनले केही बर्ष अघि नेपालगञ्जको वाटरपार्कमा घर किनेका छन् । जहाँ उनको पहिलो श्रीमती र २ छोरा रहँदै आएका छन् । २ छोरालाई शंकरले राम्रो विद्यालयमा पढाउदै आएका छन् । उनको आमा बुबा भने खजुरामा नै बस्छन् ।
लोक गायिका निशासँग उनको प्रेम चलेको लामो समय भइसकेको मिडियमा समाचारहरु सार्वजनिक हुने गरेका छन् । तर पहिलो श्रीमतीलाई उनले कसरी राख्छन्, यसबारेमा मुख खोलेका छैनन् । यसै वर्षको तीज कार्यक्रममा गायिका निशाले पेटमा बच्चा लिएर निकै अप्ठ्यारोसँग गीत गाएकी थिइन् । बढ्दो पेटले मानिसमा आशंका उत्पन्न गर्ने सोचाइले निशा अमेरिका उडेको अनुमान छ ।

प्रतिक्रिया